logo
  • सोमबार, असोज १२ २०८३

छत्रदेवमा अवस्थित छत्रमहाराज मन्दिरमा चोरीको प्रयास


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

मधुसुधन पाण्डे,अर्घाखाँची असोज ११।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न ५ मा अवस्थित छत्रमहाराज मन्दिरमा चोरीको प्रयास भएको छ ।आश्विन ९ गते रातको समयमा नै प्रयास भएको भएपनि शनिबार ३ बजेमात्र स्थानीयले देखेपछि प्रहरी तथा मन्दिर व्यवस्थापन समितिलाई जानकारी गराएका थिए। घटनाको जानकारी पाउनासाथ मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा अर्घातोष प्रहरी चौकीबाट प्रहरीको टोली गई घटनाको अवस्था लिएका थिए भने जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीबाट आएको टोलीले समेत आज उक्त घटनास्थलमा पुगेर अवस्था बुझेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर रायमाझीका अनुसार छत्रमहाराज मन्दिरको पश्चिमतर्फको ईटालाई निकालेर झ्याल बाहिर फालिएको तथा मन्दिरको मुल ढोकाको ताल्चा फोरिएको तर भित्री गजवार नखोलिएको साथै पाच पाण्डवको मन्दिर तथा गणेश मन्दिरको ढोकाको कुन्डी तोडेको र मन्दिरमा कुनै पनि समान चोरी नभएको र चोरीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पनि उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend