logo
  • सोमबार, असोज १२ २०८३

एन एसएस युवा संगठन कपिलवस्तुको प्रथम बैठक सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सृजना आचार्य, कपिलवस्तु असोज १० ।
नेपाल स्वयम सेवक संघको भातृ संगठन एन.एस.एस युवा संगठन कपिलवस्तुको प्रथम बैठक शनिबार बनगाईमा सम्पन्न भएको छ। समाजमा भएका बिकृति बिसङ्गतिको अन्त्य गर्ने, सहयोग विहीनलाई सहयोग गर्ने र अरुलाई पनी पहल गराउने उदेश्यका साथ गठन भएको संगठनले स्थापनाको पहिलो बैठक सम्पन्न गरेको हो ।

बैठकले संगठनको बिकास तथा सदस्यता वितरण,संगठनको कार्यालय स्थापना, मासिक बैठकका साथै कपिलवस्तुमा बुधबार कोईली नदीमा भएको दुःखद घटना प्रति समबेदना स्वरुप पे्रस विज्ञप्ती निकाल्ने लगाएतका निर्णय गरेको संगठनकी सदस्य सिर्जना आर्चायले साझा नेटवर्क लाई जानकारी दिनुभयो ।

संगठनका जिल्ला अध्यक्ष पशुपति गिरीको अध्यक्षता रहेको बैठकमा स्वयमसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेल, युवा संगठनका केन्द्रिय अध्यक्ष जन्जित पुरुष, संगठनका पदाधिकारीहरु अनिश बन्जाडे, जनकराज पौडेल, गुराँस क्षेत्री,प्रतिमा अधिकारी केशब खनाल बिनीता पोखे्रल लगाएतको उपस्थितीमा बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend