logo
  • शुक्रबार, असोज ९ २०८३

“टुक्रिएको मन” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सिर्जना आचार्य, असोज ७।
पछिल्लो समय नेपाली संगीत तथा सिने क्षेत्रमा माया प्रेमका कुराहरुलाई मुख्य विषय वस्तु बनाएर गित, म्युजिक भिडियो तथा चलचित्रहरु निर्माण भईरहेका छन । यस्तै सिलसिलमा प्रेमकथामा आधारित नेपाली टेलि चलचित्र “टुक्रिएको मन” सार्वजनिक गरिएको छ । सोहि टेली चलचित्रलाई डिजिटल मिडिया युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

ऋषि कडेल निर्माता रहेको उक्त चलचित्र हिमालयन म्युजिकको व्यानरमा निर्माण भएको हो । चलचित्रमा सुगन खत्री, प्रनिशा कार्की, राम तिमल्सेना, करण गिरी, सुरेन्द्र खड्का, दीपा गेलाल, बालकुमार श्रेष्ठ, एलिसा तामाङलगाएत कलाकारको अभिनय रहेको छ।

विभिन्न हास्यव्यङ्ग्य सिरियलहरूमा कथा लेखन, अभिनय र निर्देशन समेत गरिसकेका अनुपम पौडेलले यस चलचित्रको कथा लेखन र निर्देशन गरेका हुन भने रवीन्द्र लम्सालले उक्त चलचित्रको छायांकन र सम्पादन गरेका छन ।

प्रेम सम्बन्धकै कारण परिवार र समाजबाट साथ नपाएपछि उत्पन्न परिस्थितिका साथै समाजमा रहेका विभिन्न विकृत पक्षलाई चलचित्र मार्फत देखाउने प्रयास गरेको लेखक तथा निर्देशक पौडेलको भनाई छ ।


हेरौ पुरा भिडियो ।



प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend