logo
  • सोमबार, असोज १२ २०८३

कपिलवस्तुमा विद्युत प्राधिकरणको जीप खोलाले बगायो, एक जनाको मृत्यु दुई वेपत्ता


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सृजना आचार्य, कपिलवस्तु असोज ७ ।
कपिलवस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गतको कोइली खोला कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी ६ जना सवार जीप खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण कोइली खोलामा आएको बाढिले बुधबार दिउँसो उक्त जीप बगाउँदा एक जनाको मृत्यु भएको छ भने २ जना वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र चार नम्बरका प्रमुख कृष्ण प्रसाद पौडेल र अर्का कर्मचारी केशव भाट क्षेत्री रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । वाणगंगा नगरपालिका वडा नं। ९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार बा१ च। १०८९ पजेरो जीप बगाएको हो ।

नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्र गजहेडाको जीप कोइली खोलाले बगाउँदा ३५ वर्षीय चालक माधव प्रसाद पाण्डेको मात्र शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जीपमा सवार दुई जनाको खाजी कार्य जारि रहेको छ ।

जीप खोलामा डुवेपछि जनपद प्रहरी र शसस्त्र प्रहरी उद्धारमा खटिएका थिए । उनीहरुले खोलामा डुवेको जीप भित्रबाट चालकको शव वाहिर निकालेको शसस्त्र प्रहरी बेस पिपराका प्रहरी निरिक्षक अर्जुन ढकालले बताउनुभयो । जीपमा सवार ६ जना मध्ये ३ जना पौडी खेलेर बाच्न सफल भएका छन् ।

विद्युत कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाच्न सफल भएका थिए । उद्धारका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली घटना स्थलमा खटिएको कपिलवस्तु प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend