logo
  • शुक्रबार, असोज ९ २०८३

नारायण घर्तीकाे दशैँ गित सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, गुल्मी असोज ७।
हिन्दु नेपालीहरुको महान चाड दशैं नजिकिएको छ । टाढाटाढा रहेका आफन्त घर फर्कनुपर्नेमा रोजगारीका लागि परदेश पसेको छोरा नफर्केपछि एकतिर घरमा आमा रुने र अर्कोतिर छोरा, यो धेरै नेपालीहरुको बाध्यता हो ।

यही बाध्यतालाई गीती लयमा उनेर कलाकार नारायण घर्तिले दँशैमा घर फर्कन नपाएका परदेशीहरुको कथा व्यथा समेटिएको गीत म परदेशी सार्वजनिक गरेका छन् ।परदेशबाट छोरो आउने आशामा बसेकी आमालाई आउन सकिन, बाटो नहेर्नु भनेर आमालाई सन्देश पठाइएको विषयमा गीतमा समेटिएको छ ।

नारायण घर्तीको शब्द रचना र स्वर रहेको गीतमा गोबिन्द न्यौपानेको लय रामचन्द्र चन्दको सङीत संयोजन रहेको छ । परदेशिएको छोराको भूमिकामा पछिल्लो समयका भाइरल अर्जुन बि.क. र आमाको भूमिकामा चर्चित कलाकार रमा थपलियाको जीवन्त अभिनय रहेको सो गीतको म्युजिक भिडियोमा स्मृति तिमिल्सिनाको निर्देशन अनि सुरेस श्रेष्ठको छायांकन रहेको छ ।

आज्ञा क्रिएसनमार्फत बजारमा आएको उक्त गीतकाे म्युजिक भिडियो रामचन्द्र चन्दको युट्युव च्यानलबाट सोमबार बिहान सार्वजनिक भएपछि दर्शकले निकै राम्राे प्रतिकृया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend