साझा नेटवर्क
मधुसुधन पाण्डे, अर्घाखाँची असोज ०७।
लगातारको अबिरल बर्षाका कारण अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका वडा न २ डाडाकटेरीमा निर्माण भएको सहिद हुमानन्द बन्जाडेको स्मृति प्रतिक्षालय भत्किएको छ।
तत्कालीन नेकपा एमालेका प्रभाबशाली नेता तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली द्वारा २०६७ कार्तिक २७ गते समुदघाट्न भएको उक्त स्मृति प्रतिक्षालय लगातार परेकाे अबिरल बर्षाका कारण भत्किएको संचारकर्मी दिपेन्द्र खत्रीले जानकारी दिए। सहिद बन्जाडेकाे २०६२/६३ काे जन आन्दोलनमा परि मृत्युु भएकाे थियो ।
यस्तै मालारानी गाउँपालिकाकै वडा नं. ५ लाउर खत्री भन्ने स्थानमा अविर वर्षाका कारण पहिरो जादाँ पहिरोमा पुरिएर स्थानीय किसान डबल प्रसाद भुसालका दुई वटा भैँसी मरेका छन । उहाँका अनुसार भैंसी टिनले छाएको छाप्रोमा थिए । छाप्रो पनि पुर्ण रुपमा क्षती भएको छ यसबाट करिव ३ लाखको क्षती भएको उहाले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend