साझा नेटवर्क
कमल पौडेल, खर्वाङ असोज ०७।
गएराति देखि परेको अविरल वर्षाको कारण बडिगाड गाउँपालिका वडा नं. २ को खर्वाङ बजार माथिवाट पहिरो खस्दा ३ घर जोखिममा परेका छन्।
मध्यपहाडि लोकमार्गको छेउमा रहेका बावुराम जिसि, सिता खत्रि र टक बहादुर काउचाको घर जोखिममा परेको हो। पहिरोले केहि समय मध्यपहाडि लोकमार्ग समेत अवरुद्ध गरेको थियो। माथिवाट डुडेवाचौर सामुदायीक बन सहितको क्षेत्रबाट झरेको पहिरो लोकमार्गमा अडिएको छ। स्थानिय बासिन्दा तथा प्रहरीको सक्रियतामा सडक सञ्चालनमा आएको छ।
सामुदायीक बन क्षेत्रबाट चर्किएकोले सो क्षेत्रमा अझै पनि पहिरो खस्न सक्ने संभावना देखिएको छ। त्यस्तै डुडेवाचौर भन्दा माथिपट्टी दनियाको थुम्काबाट ठूलो पहिरो जाने संभावना वढेको छ। लगातार परिरहेको वर्षाको कारण माथिबाट पहिरो खसेर केहि तल आएर अडिएको छ। निरन्तरको वर्षा नरोकिने हो भने सिँगो डुडेवाचौरको बस्तिनै खतरामा देखिएको छ। त्यस्तै वडा नं. २ कै हाँडिखोलो पनि वढेको छ। सोहि खोलाको कारण हाँडिखोलाको वस्ति समेत जोखिममा परेको छ। निरन्तर परिरहेको वर्षाको कारणले विभिन्न स्थानमा पहिरो खसिरहेको छ।
यसै विच वडिगाड गाउँपालिका का अध्यक्ष मेहरसिंह पाइजा, उपप्रमुख अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन, वडा नं. ६ का अध्यक्ष मौसमकाजि क्षेत्रि, वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर केसि, वडा नं. १० का अध्यक्ष विरेन्द्र बुढा लगाएतले पहिरोको निरिक्षण गर्नुभएको छ।
दिउसोको समयमा पहिरो गएकोले कुनै मानविय भएको छैन। सो क्षेत्रमा पहिरो हेर्न तथा उद्धारको लागि सयौं मानिसहरुको उपस्थिति रहेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend