साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान असोज ६ ।
कोरोना भाईरस (कोभीड १९) संक्रमणका कारण अबरुद्ध रहेको बिधालयको नियमित विद्यार्थी सिकाई सहजीकरण सुचारु गर्न नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयले असोज १ गते देखी विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम भदौ २१ गते बसेको गौमुखी गाउँ शिक्षा समितिको निर्णय अनुसार असोज १ गते देखी ५ गते सम्म बिधालयले कार्ययोजना बनाइ बिद्यार्थी सिकाई सहजीकरण गर्ने निर्णय गरेको छ ।
स्वास्थ्यको मापदण्डमा रहि समाजिक दुरि कायम,कक्षा कोठा तथा बसाई ब्यबस्थापन ,सेनिटाइजर साबुन पानीको प्रयोग लगायत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ दफा ३३ को उपदफा २ र ३ बमोजिम विद्यार्थी सिकाइ सहजीकरण गर्न गाउँ शिक्षा समितिले अनुरोध गरेको छ । गौमुखी गाउँपालिका भित्र रहेका ४५ वटा सामुदायिक र ३वटा संस्थागत गरि ४८ वटा बिधालयका रहेका छन ।
लामो समय सम्म बिधालय उपस्थित नभएका शिक्षक तथा बालबालिकाहरुमा भने सिकाउन र सिक्न आतुर रहेका छ्न । भने बालबालिका घरमा बसि पढ्न छाडि खेलेरै समय गुजारेकाले स्कुल पठाउन पाउदा अविभाबकमा खुसियाली छाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend