साझा नेटवर्क
कमल पौडेल,०६ असोज, बागलुङ
बागलुङको बडिगाड गाउँपालिका २, राक्सेमा माथिवाट आएको बाढि र पहिरोले ४ घरमा क्षति गरेको छ। मध्यपहाडि लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जित बहादुर वि.क., धन बहादुर धर्ति र धन बहादुर थापाको घर क्षति गरेको हो। घर क्षति भएसंगै ४ परिवार नै विस्थापित भएका छन्। सल्लेरीको जंगलमा गएको पहिरो विचमै थुनिएर पानिसहित खसेपछि सो क्षति भएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ।

पहिरो र बाढिले पोल सहित तार पनि बगाएकोले स्थानिय लघुजल विद्युत अवरुद्ध रहेको छ भने ४५ घर परिवारले उपयोग गर्ने राक्से खानेपानी योजनाको ट्यांकि सहित बगाएकोले खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ। यसै विच सो पहिरोले १५ घण्टा देखि पूर्ण अवरुद्ध बनाएको मध्यपहाडि लोकमार्ग भर्खरै एकतर्फिरुपमा सञ्चालनमा आएको छ। विहानै देखि स्काभेटरको प्रयोग गरेर एकतर्फी सडक खुलाइएको वडा अध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिनुभएको छ। विस्थापित परिवार छिमेकिको घरमा आश्रय लिइरहेका छन्।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend