साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं असोज ५ ।
सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend