logo
  • शुक्रबार, असोज ९ २०८३

गित सृजना देखि गायक सम्म गितकार अर्याल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी भदौ १ ।
दर्जनौ गितमा लय शब्द भरेर चर्चाको शिखरमा रहेका गितकार नेत्र अर्यालले यसवर्षको तिजमा आफनौ आवाजमा नयाँ तिज गित सार्वजनिक गरेका छन् । दर्जनौ एल्वममा उनले लय शब्द गरेर बिभिन्न खालका गितहरु बजारमा आएका उनि केहि वर्ष देखि निकै चर्चाको शिखरमा रहेका छन् ।
13934737_321679441501850_2336143006073506243_n
लोक बिधाबाट यस क्षेत्रमा प्रबेश गरेका गितकार अर्यालले यस वर्षको तिज पर्वमा महिला दिदि बहिनीहरुलाई नचाउने खालको तिज सार्वजनिक गरेका छन् । गितकार अर्यालको शब्द र लय खेम सेन्चुरी रहेको छ भने रहेको गितमा अर्यालकै सुमधुर स्वर रहेको छ भने गायिका तर्फ कोपिला छिनालको रहेको छ । उनले तिज पर्वको लागी यो वर्ष आधा दर्जन गितहरु लेखेपनि आफ्नै जोर मादल तिज गित सार्वजनिक गरेका छन् ।

धेरै दर्शक श्रोताले गितकारको रुपमा चिने पनि गायक भनेर पनि चिन्न र आफनो स्वर सुन्न चाहेकाले प्रयास गरेको अर्यालले बताए । धेरै गितहरु सृजना गरे पनि गितकार अर्यालको आफनै स्वरमा बजारमा आएको एल्वम भने पहिलो रहेको छ । धेरै गितका लय शब्द सृजना गर्दै आएका अर्याललका दर्जनौ गितहरु चर्चामा छन् । बिभिन्न समयमा बिभिन्न कलाकारहरुको सहकार्यमा उनले सृजना गरेका लय शब्द सृजनाले धेरै कलाकारहरुलाई अजै पनि पछि फर्किनु नपर्ने गरि अगाडी बढाएका छन् ।

गितहरु सृजना सगै गायन क्षेत्रलाई पनि सगै लैजाने अर्यालले बताए । यो वर्षको तिजमा सर्वजनिक गरिएको जोर मादल तिजमा नाच्ने गाउने कथा बस्तुमा गित तयार भएको अर्यालले बताए । शिबदर्शन फिल्मस् प्रा.लि. को ब्यानरमा निर्मित तिज गीत जोर मादल अभिनयमा अस्मि मगर, बिक्रम चौहान र रामु खनाल रहेको छ ।


भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend