logo
  • शुक्रबार, असोज ९ २०८३

बाबा ईन्टरटेनमेन्टको प्रस्तुतिमा दशैँ गीत “परदेशीको कथा” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क दोहा ।
विभिन्न कारणले मातृभूमि छाडेर प्रवासिने नेपालीको लाइन बाक्लो नै छ । परिवार सँगै जीवन जिउनेचाहाना भए पनि साहुको रिण र गरिबीले थिचेपछि चलिरहेको दैनिकीलाई बदल्नु नियति जस्तै बनेकोछ । जिम्मेवारी तथा गरिबीले मातृभूमि तथा परिवारै छाड्नु परेको तितो सत्यलाई सुन्दर शैलीमा प्रस्तुतगरिएको मौलिक लोक गीत “परदेशीको कथा” बजारमा आएको छ ।

भोलि ब्यान सबेरै हिन्न छ
त्यै भएर मेरो मन खिन्न छ..
परदेशीको कथा…
ओठको हाँसो हेर्नीलाई मनमा पिर छ अथाह !

राजु केसीले सिर्जना गरेको शब्दलाई गोविन्द चॉपागॉई तथा रमा राना मगरले आवाज दिएका छन् । वास्तविक जीवनको भोगाई लाईकलात्मक रूपमा निश्चल दवाडीले पर्दामा उतारेका हुन ।

दिवस थापा मगरले संगीत संयोजन गरेको गीतमा मनोज तथा सपना नेपालीको जीवन्त अभिनय हेर्न सकिन्छ । समीर रामदामले सम्पादनगरेको भिडियो शिव राजा र अनीश कार्कीले खिचेका हुन । बाबा ईन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत बजारमा आएको गीतमा संगीत दवाडीकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend