logo
  • सोमबार, असोज १२ २०८३

संबिधान दिवसको अवसरमा कपिलवस्तुको बाणगंगामा दीप प्रज्वलन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सृजना आचार्य, कपिलवस्तु असोज ३ ।
पाँचौ संबिधान दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा शुभकामना आदान-प्रदान तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

हेल्प फर ह्यापिनेस, कपिलवस्तुले आयोजना गरेको सो कार्यकममा प्रमुख अतिथि रहेका वडा नम्बर ८ का अध्यक्ष गुनानिधि भुसालले देशको मूल कानुन बनेको दिन सबैमा शुभकामना दिँदै संविधानको कार्यान्वयन गरेर विकासको बाटोमा लम्किनुपर्ने बताए ।

कार्यक्रममा युवा नेता टीआर पाण्डेले संबिधान दिवस भनेको नेपालीहरुको महान चाड जस्तै हो भन्दै यसलाई हरेक वर्ष धूम धामका साथ मनाउनु पर्ने बताए । उनले संबिधानले हरेक धर्म संस्कृति जात जाति सम्पूर्णको मौलिक हकको सुनिस्चित गरेको बताए ।

कार्यक्रममा हेल्प फर ह्यापिनेसका सह-सचिव विशाल अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष निर्मल शर्माले धन्यवाद तथा समापन मन्तव्य दिएका थिए । त्यस्तै कार्यक्रमको संचालन सचिव सुशान्त पोख्रेलले गरेका थिए ।

कार्यक्रममा हेल्प फर ह्यापिनेस कपिलवस्तुका विवेक पौडेल, सुशील आचार्य, मधु सुधन भुसाल, सरोज घिमिरे, रोशन आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend