साझा नेटवर्क
काठमाडौं, असोज २ ।
नेपालमा कोरोना संक्रमण अहिले सम्मकै उच्च भएको छ । शुक्रवार मात्रै २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन २ हजार भन्दाबढी संक्रमित थपिएको पहिलो पटक हो । यो संगै कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।
त्यस्तै वितेको २४ घण्टामा ८ सय ७१ जना कोरोना संक्रमण निको भएर घर फकेर्को छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा ७ जनाको कोरोना भाइरसबाट ज्यान गएको छ । यो संगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend