साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्यूठान भदौ २९ ।
गौमुखी गाउँपालिका प्युठानको आयोजनामा “बिपदमा बाल अधिकारको सुनिश्चितता : हामी सबैको प्रतिबद्धता “भन्ने मुल नाराका साथ ३१ औं राष्ट्रिय बाल दिबसको अबसरमा गौमुखी गाउँपालिका आधारभूत तह कक्षा( ६-८ ) स्तरीय “कोभीड १९ को कारण बिधालय क्षेत्रमा परेको प्रभाव” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य महिला तथा बालबालिका शाखाका लक्ष्मी न्यौपानेले राख्नु भएको थियो । सो कार्यक्रममा १२ बिधालयका छात्र/छात्राहरुको सहभागी रहेको थियो।जस्मा प्रथम खरा मा बि रजवाराका बिपना सेन,दोस्रो अमृत मा बि नारिकोटका रन्जिता पुरि ,तेस्रो गौमुखी बाल सन्जाल ठुलाबेशीका यटलस न्यौपाने र सान्त्वना अर्खा मा बि अर्खाका विवेक बुढा रहेका छन । प्रमाणपत्र पुरुस्कार बितरण गर्दै प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले प्रतियोगितामा भाग लिइ आफ्नो पस्तुती देखाएकोमा सबैलाई धन्यवाद दिनु भयो ।
भने कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरीले कोभीड १९ को संक्रमणले विद्यार्थीको भबिस्यमा प्रत्यक्ष असर पुगेको र यस वक्तृत्वकला प्रतियोगिता बाट बालबालिकाको ब्यक्तित्व बिकास ,शैक्षिक सिकाइ, क्षमता बिकास ,बोल्ने बानिको बिकास हुने र शैक्षिक क्षेत्रमा बालबालिकाको हक हित र अधिकारको लागि सहयोग गर्न गाउँपालिकाले कुनै पनि कसुर बाँकि नराख्ने बताउनु भयो । भने कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख ओमहरि पोखरेलले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend