logo
  • सोमबार, असोज १२ २०८३

चिया पसलमा आगलागी हुँदा ३ लाख बढीको क्षति


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गङ्गा भण्डारी, बुटवल भदौ २८ ।
रूपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ०३ लक्ष्मीनगरमा कच्ची घरको चिया पसलमा आगलागी भयको छ । जय प्रकाश धोबीको कच्ची घरको चिया पसलमा ग्याँस सिलिन्डर लिक भई अचानक आगलागी भयको हो ।

आगलागीबाट पसलमा रहेको नगद रु ६५ हजार, भाडा, लत्ताकपडा, पसलको सर-सामान, तिनवटा ग्याँस सिलिन्डर, पानी तान्ने मोटर समेत जली नष्ट हुन जाँदा अन्दाजी ३ लाख ६५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend