साझा नेटवर्क
साझा नेटवर्क,कपिलवस्तु भदौ २५ ।
कपिलवस्तुका सामाजिक युवाहरु संगठित भै सञ्चालनमा ल्याएको फुड बैँकबाट चौथो दिनसम्म आईपुग्दा करिब २०० घरपरिवारले अत्यावश्यक समान सहयोग लिएका छन् ।
कोरोना भाईरसको महामारीको बेला धेरैलाई खाधान्न लगाएतका अत्यावश्यक सामाग्रीको समस्या महशुस गरि त्यहाँका युवाहरु सक्रियतामा फुड बैँक सञ्चालनमा ल्याइएको हो । कपिलवस्तुको वाणगंगा नगरपालिकाको चार नम्बर जितपुरबाट सुरु गरिएको अभियान बनगाई सम्म आइपुगेको छ । अभियानको पाचौँ दिन भदौ २६ गते अभियान बुद्धभुमि नगरपालिका गोरुसिङ्गेमा अभियान सञ्चालन गरिने भएको छ ।
हुनेले दिएर जाउँ नहुनिले लिएर जाउ भन्ने उदेश्यका साथ सञ्चालनमा आएको अभियानमा चौथो दिन सम्म आउदा २०० घरपरिवारलाई खाद्य सहयोग गरेको अभियानका सदस्य कोपिला गिरिले साझा नेटवर्कलाई जानकारी दिनुभयो । सुक्रवार गोरुसिंगेमा राहत सहयोग सामाग्री संकलन तथा वितरणको कार्यक्रम रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend