logo
  • सोमबार, असोज १२ २०८३

पछिल्लाे २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

कुल सङ्क्रमितको सङ्ख्या ५० हजार नाघ्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाण्डाै भदौ २५ ।

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० हजार चार सय ४६  पुगेकाे छ । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा ११ हजार एक सय ४४ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा एक हजार आठ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३५ हजार सात सय पुगेको छ । अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।-उज्यालो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend