logo
  • सोमबार, असोज १२ २०८३

छत्रकोट गाउँपालिकाद्वारा वडा अध्यक्ष न्यौपाने सम्मानित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

मनोज कार्की, गुल्मी भदौ २५ ।
गुल्मीको छत्रकोट गाउँपालिका सामाजिक बिकास समिति संयोजक तथा वडा नं ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेलाई गाउँपालिकाले प्रशंसा पत्र उपलब्ध गराएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोभिड –१९ अर्थात कोरोना भाइरसले देशलाई नै आक्रन्त गराईरहेको बेला गाउँपालिकालाई १० वेड क्षमता आइसुलेशनको लागि तीन महिना निःशुल्क निर्माणधिन घरको भवन उपलब्ध गराएमा गाउँपालिकाले वडा अध्यक्ष न्यौपानेलाई सम्मान पत्र हस्तान्तरण गरेको छत्रकोट गाउँपालिकाले जनाएको छ ।

कोभिड –१९ ब्याबस्थापनको लागि गाउँपालिकालाई पुर्याएको सहयोग प्रति प्रशंसा गर्दै गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले वडा अध्यक्ष न्यौपानेलाई धन्यबाद दिए । यस्तो महामारीको समयमा उनले गरेको सहयोगका लागि गाउँपालिकाले वडा अध्यक्ष न्यौपानको उच्च संम्मान तथा कदर गरेको अध्यक्ष पन्तले बताए ।

वडा अध्यक्ष न्यौपानेले कोरोना भाइरसको ब्याबस्थापन तथा आइसुलेशन बेडका लागि वडा नं ४ श्रीङ्गामा निर्माणधिन घरको भवन तीन महिनाको लागि गाउँपालिकालाई निशुल्क निर्माणधिन घर उपलब्ध गराएका थिए । आइसुलेशनको लागि न्यौपानेले जेठ १ देखि श्रावण मसान्त सम्म गाउँपालिका लाई निशुल्क घर दिएका हुन् ।

न्यौपानेले निशुल्क प्रदान गरेको भवनमा कोरोना पुष्टि भएका १० जना पुरुष बसेका थिए । १० जना नै कारोनालाई जितेर घर फर्किएका छन् । उनले गरेको यो उदाहरणिय कामलाई गाउँपालिकाले पनि सम्मान गरेको छ ।

आफुले गाउँपालिकालाई तीन महिना निर्माणधिन घर निशुल्क उपलब्ध गराई नागरिकलाई सेवा प्रदान गर्ने पाएकोमा वडा अध्यक्ष डिलाराम न्यौपानेले खुसि ब्यक्त गरे । नागरिकको नजिकको सरकार स्थानिय सरकार भएकाले जनतालाई सेवा दिनु आफ्नो जिम्मेवारी रहेको वडा अध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend