साझा नेटवर्क
मधुसुधन पाण्डे, गुल्मी भाद्र २२ ।
शाइनरेसुँगा डेभलेपमेन्ट बैंकद्धारा बोबाङका बाढिपहिरो पिडितका लागि एक लाख पचास हजार आर्थिक सहयोग भएको छ । शाईन रेसुङ्गा डेभलपमेन्ट बैक बुर्तिवाङ शाखाद्वारा ढोरपाटन नगरपालिकाको वडा नं. ५,६,७ ,८ र ९ मा गत भाद्र १७ गते राती भुजीखोलामा गएको बाढि पहिरोबाट पीडित बनेका नागरिकको लागि बैंकले आर्थिक सहयोग गरेको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका परिवारलाई राहत स्वरुप बुर्तिबाङ्ग शाखा मार्फत सहयोग प्रदान गरिएको हो । बैंकले उक्त रकम ढोरपाटन नगरपालिकाको “दैबी प्रकोप राहत कोषमा”मा जम्मा हुने गरि नगरप्रमुख देवकुमार नेपालीलाई शाईन रेसुङ्गा डेभलपमेन्टका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ मार्फत चेक हस्तान्तरण गरिएको बुर्तिबाङ शाखा प्रबन्धक प्रेम पौडेलले जानाकारी दिनुभयो । बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएको उहाले जानकारी दिनुभयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend