साझा नेटवर्क
गुल्मी, भदौ २२ ।
गुल्मीको रुरुक्षेत्र गाउपालिकामा स्थानियमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछी पालिकाका विभिन्न स्थान सिल गर्ने तयारी गरिएको छ। रुरुक्षेत्र गाउपालिका वड न. ५ का ४२ बर्षिय र वडा न.१ का ३१ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछी गाउपालिकामा बसेको आजको बैठकले पालिकाका विभिन्न स्थान सिल गर्ने निर्णय गरेको हो ।
सङ्क्रमित ब्यक्तिहरु एक जना ३१ बर्षिय पुरुष गोरखाबाट आएका थिए भने अर्का ४२ बर्षिय पुरुष बिरामी लिएर काठमाडौं वीर अस्पतालमा गएर गुल्मी आएका थिए। उनी बिरामी लिएर गएको वीर अस्पतालका स्वास्थ्यकर्मी लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछी बीर अस्पताल सिल गरिएको थियो र त्यस लगत्तै कन्ट्याक्ट् ट्रेसिङका क्रममा उनको स्वाव लिदा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको रुरुक्षेत्र गाउपालिका स्वास्थ्य शाखा प्रमुख छत्रबहादुर अधिकारीले बताउनुभयो ।
उनले लिएर गएका बिरामी ब्यक्तिको उपचारको क्रममा काठमाडौंमा नै मृत्यु भएको थियो, जसका कारण सङ्क्रमित पुरुष मलामी पनि गएको पाइएको छ । मलामी जानेहरुको सङ्ख्या धेरै रहेकोले जोखिम थप बढेको देखिन्छ । पहिलो चरणको कन्ट्याक्ट् ट्रेसिङमा उनिसङ्ग २६ जना ब्यक्तिहरु प्रत्यक्ष सम्पर्कमा आएको पाइएको र उनिहरुको भोलि नै स्वाव सङ्कलन गरेर पठाइने स्वास्थ्य शाखा प्रमुख अधिकारीको भनाई रहेको छ।
सङ्क्रमित ब्यक्तिसङ्ग प्रत्यक्ष सम्पर्कमा आएकाहरु धेरैजसो वडा न.५ का रहेको र त्यसमध्य एकजना वडा न.३ र एकजना वडा न.४ का रहेको अधिकारीले बताउनुभयो । ती पुरुषमा सङ्क्रमण पुष्टि भएपछी उनी प्रत्यक्ष सम्पर्कमा आएको वडा न.५ को वडा कार्यालय सिल गरि सकिएको रुरुक्षेत्र गाउपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले जानकारी दिनुभयो। २६ जना मध्य कसैको कोरोना रिपोर्ट पोजेटिभ आए दोस्रो चरणको कन्ट्याक्ट् ट्रेसिङ गरिने छ।
कोरोना भाइरस सङ्क्रमणको थप जोखिमलाई नियन्त्रण गर्न पालिका भित्रका विभिन्न स्थानहरु सिल हुने भएका छन् । आज राती १२ बजेदेखी लागू हुनेगरी भदौ २८ गते राती १२ बजे सम्मका लागि विभिन्न स्थान सिल गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गिरिको भनाई रहेको छ । वडा न.४ बलेटक्सारको साविकको वडा न.२,३ र ५ को चौतारा ,धोविघाट,तलिगाउ,जोर्तेपोखरी ,बलेचौर र रानिबास क्षेत्र र वडा न.५ बम्घाको साविकको वडा न.३ देखि ९ पुर्ण रुपले सिल गर्न लागिएको गिरिको भनाइ रहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend