logo
  • सोमबार, असोज १२ २०८३

पुल्चोकमा ट्राफिक प्रहरी कुट्ने ६ जनालाई कोरोना सङ्क्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं भदौ २२ ।

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका ६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । गएको बिहीबार पुल्चोकमा रथ तान्ने विषयमा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो, त्यसैबेला ड्युटीमा जान हिँडेका ट्राफिक प्रहरी कमल घिमिरेलाई एक्लै पारेर युवाको समूहले कुटपिट गरेको थियो ।

कुटपिटको आरोपमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको ललितपुर प्रहरीले जनाएको छ । पाँच जनाको रिपोर्ट आएको छैन । पक्राउ परेका सबैलाई क्वरेण्टीनमा राखिएको छ  ।

रथ तान्ने दिन खटिएका प्रहरी र पक्राउ परेका युवा गरी अहिलेसम्म १८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend