साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं भदौ २१ ।
आइतबार थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यो सँगै हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालका आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेकाे छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दि ए।
विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर परीक्षण भएको छ । विगत २४ घण्टामा ९ मृतकमा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend