logo
  • सोमबार, असोज १२ २०८३

तम्घास टेक्निकल शिक्षालयले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुुल्मी भदौ।
गुल्मीको सदरमुकाममा रहेको तम्घास टेक्निकल शिक्षालयले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र हस्तान्तरण गरेको छ।
तम्घास टेक्निकल शिक्षालयका संस्थापक शेर बहादुर थापाले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्र हस्तान्तरण गर्दै थापाले राष्ट्रिय शिक्षा आयोगले डिप्लोमा तहभन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरुमा यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय गरिएकोप्रति घोर आपत्ति व्यक्त गरे ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको यहि साउन ३० मा बसेको बैठकको प्रस्ताव नं.७ को निर्णय नं.२ र ३ अनुसार डिप्लोमा तहभचन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरुमा यसै शैक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय गरिएको छ । यो निर्णय राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा १५(४) र १५(५) भन्दा फरक निर्णय भएको भन्दै घोर आपत्ति व्यक्त गरिएको हो । ज्ञापन पत्रमा लेखिएको छ,‘यस शैक्षिक सत्र २०७७/०७८ को नवीकरणको लागि सिटिईभीटीले आवश्यक दस्तुर समेत जम्मा गराई सकेको र स्वास्थ्य कार्यक्रम नवीकरण सूचीमा नपर्नुले सम्बन्धन खारेजी भएको हाम्रो बुझाई छ ।

सम्बन्धन खारेजीको लागि शिक्षण संस्थालाई अपराधी सिद्ध गर्नुपर्ने व्यवस्था चिकित्सा शिक्षा आयोगको ऐनको दफा १४ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद नियमावली २०५१ को नियम २२ मा व्यवस्था छ । तर सो नगरी विश्वव्यापी महामारी (कोभिड–१९) संकटको चपेटामा २०७६ साल चैत्र महिना देखि हाल सम्म हाम्रा संस्थाहरु निरन्तर बद रही जर्जर अवस्थामा पुगिसकेकोे ज्ञापनपत्रमा उल्लेख छ ।

यस अवस्थामा निजी प्राविधिक शिक्षालयहरुले सरकारबाट राहतको अपेक्षा गरेको समेत बताईएको छ । राज्यले विभिन्न ठाउँमा निषेधाज्ञा, करफ्यू जारी गरेको जटिल अवस्थामा चिकित्सा शिक्षा आयोगका निर्णयले प्राविधिक शिक्षालयको स्वास्थ्य कार्यक्रमहरु खारेज गरेकोमा देशभरिका संस्था र संस्थापकहरु मर्कामा परेको ज्ञापनपत्रमा उल्लेख छ ।

निजी शिक्षालयहरु र संस्थापकहरु माथि अन्याय भएकोले निर्णयमाथि पुनर्विचाको लागि सरकारसँग जोडदार माग गरिएको छ । डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरु (सि.एम.ए, अनमी, ल्याव असिस्टेन्ट र आर्युवेद सहायक) जस्ता कार्यक्रमको शैक्षिक सत्र २०७७/०७८ को लागि नवीकरण तथा भर्ना प्रक्रियालाई अगाढि बढाई दिन तथा स्तरोन्नतिको प्रक्रिया प्रभारम्भ गराइदिनका लागि पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ । त्यस अवसरमा प्रजिअ शर्माले ज्ञापनपत्र सम्बन्धीत स्थानसम्म पु¥र्याउने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend