साझा नेटवर्क
मधुसुधन पाण्डे, अर्घाखाँची भदौ १९ ।
गाउँगाउँमा मोटर बाटो पुगेको जिल्ला कुन हो सजिलैसग त्यसको उत्तर हुन्छ अर्घाखाँची । अर्घाखाँचीका अधिकास स्थानमा गाउँ गाउँमा मात्रै होइन घरघरमा समेत मोटरबाटो पुगिसकेको छ ।
तर अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न ६ को दहनेटा बाट भित्र छिर्ने गाउ जसलाई(कुर्दि) नामले चिनिन्छ । त्यहा अहिलेसम्म सडक पुग्न त परै जाओस त्यहाका मानिसले मोटरबाटो कस्तो हुन्छ भनेर देख्न हेर्न पनि पल्लो गाउँ चाहानुपर्छ ।
स्थानीय स्तरबाट विभिन्न बजेट विनियोजन भए पनि आन्तरिक किचलोका कारण सडक पुर्याउन नसकिएको जनप्रतिनिधिहरुले वताउने गर्दछन । तर विभिन्न विकल्पका बाटोहरु छदाछदै पनि बर्सेनि बजेट फ्रिज गराउने काम भईरहेको छ।
स्थानीयका अनुसार त्यहा सवारी जान त परै जाओस महिला सुत्केरी हुदा डाडीमा बोकेर लैजानुपर्ने बाध्यता समेत छ । त्यतिमात्र होइन त्यस गाउँमा कसैका गाईभैसी बिक्री गरेर लग्ने र बाहिरबाट ल्याउन समेत सहज किसिमको गोरेटो समेत छैन, विकल्प हुदाहुदै पनि स्थानीय सरकारबाट वेवास्ता हुनु र पटक-पटकको बजेट फ्रिज हुनु राम्रो कुरा होइन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend