साझा नेटवर्क
सूर्य सुनार,गुल्मी भाद्र १८ ।
तम्घास टेक्निकल शिक्षालयले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । गुल्मी जिल्लामा स्वास्थ्य शिक्षा कार्यक्रमहरु फोजआउट र स्तरोन्नति सम्बन्धमा विहीबार तम्घास टेक्निकल शिक्षालयले प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको मिति ०७७ साउन ३० गते बसेको बैठकको प्रस्ताव नम्बर ७ को निर्णय नम्बर २ र ३ अनुसार डिप्लो तह भन्दा मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरुमा शौक्षिक सत्रबाट भर्ना नगर्ने नगराउने निर्णय गरिएकोमा राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा भन्दा फरक निर्णय भएको प्रति घोर आपत्ति भएको संस्थापक शेर बहादुर थापाले बताउनुभयो । ज्ञापन पत्रमा “विश्वव्यापी माहामारी कोभिड १९ संकटको चपेटामा ०७६ साल चैत्र महिना देखी हाल सम्म हाम्रा संस्थाहरु निरन्तर बन्द रही जर्जर अवस्थामा पुगिसकेको व्यवहोरा सर्वविदितै छ । यस अवस्थामा निजि प्राविधिक शिक्षालयहरु सरकारबाट राहतको अपेक्षा गरिरहेको बेला राज्यले विभिन्न निषेधाज्ञा,कर्फ्यु जारी गरेको जटिल अवस्थामा चिकित्सा शिक्षा आयोगको निर्णयले प्राविधिक शिक्षालयको स्वास्थ्य कार्यक्रमहरु खारेज गरेकोमा देशभरिका संस्था र संस्थापकहरु मर्माहत र मार्कामा परेको कुरा उल्लेख गरिएको छ ।
डिप्लोमा तह मुनिका स्वास्थ्य शिक्षा कार्यक्रमहरु सि.एम.ए , अनमी, ल्याव असिस्टेन्ट र आर्युद कार्यक्रमको शौंक्षिक सत्र ०७७÷०७८ को लागि नविकरण तथा भर्ना प्रकृयालाई अगाडि बढाई दिन जोडदार माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले उक्त ज्ञापन पत्र आजै प्रधानमन्त्री कार्यलय पठाउने बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend