साझा नेटवर्क
महेन्द्र चापागाई, नवलपरासी श्रावण ३२।
नवलपरासी जिल्लाको मध्यबिन्दु न. पा. २ कोल्हुवामा जन्मिएका आभाश शर्मा बिस्तारै मोडलिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुंदैछन् । बिगत दुई बर्ष देखि मोडलिङ क्षेत्र अङगालेका शर्मा अलेसम्म आधुनिक र लोक गीतमा अभिनय गरीसकेका छन । उनले प्रकाश पराजुली र देबी घर्तीको स्वरमा रहेको “मुना मदन जस्तै” बोलको गीतबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए ।
सानै देखी मोडेलिङ गर्ने रहर भएपनी सोचे जस्तो भईरहेको थिएन तर उनले आफ्नो मनको इच्छालाई मर्न दिएनन र दुई बर्ष पहिले यस क्षेत्रमा हात हाले । आभाश भन्छन् आफ्नो रहर पुरा गर्न पाउँदा साह्रै खुसी लागेको छ । मलाई यो क्षेत्र साह्रै मन पर्ने हो र जस्तोसुकै अप्ठेरो आईलागे पनि सदा यही क्षेत्रमा लागिरहने बताउ छन् । लोक दोहोरी गीतबाट आफ्नो यात्रा सुरु गरेका शर्मा बिस्तारै आधुनिक गीतबाट पनि अझ दर्शक श्रोताको मनमा बस्न सफल भए ।
करीब एकबर्ष अगाडी उनले अभिनय गरेको “टाडा भयो माया” बोलको गीतले उनलाई यो क्षेत्रमा आसा लाग्दो मोडेलको रुपमा चिनाउन सफल भयो । जसक कारण उनमा जोस र जागर बढ्दै गयो। हँसिलो मुहारका शर्मा नयाँ नयाँ ठाउँमा घुम्न र पत्र-पत्रीका पढ्नमा अलि सौखीन छन र बाकी रहेको समयमा नेपाली गीत संगीत सुनेर बीताउने गर्छन् । आफ्नो सफलताको पछाडी जनता म्युजिकको ठुलो देन रहेको आवाशको भनाइ छ ।
सुरु सुरुका दिनहरुमा अभिनय गर्दा अलि गाह्रो लागेपनि अहिले भने त्यस्तो नलाग्ने र अबका दिनमा अलि फरक किसिमका गीतहरुमा अभिनय गर्न मन भएको र सोचे जस्तो गीत नहुँदा मनको इच्छा पुरा नभएको शर्माले बताए । उनले जस्तो पायो त्यस्तै गीतमा अभिनय नगर्ने बरु अहिलेकै स्थितिमा रहने साझा नेटवर्क बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend