logo
  • सोमबार, असोज १२ २०८३

देशभर थप १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं भदौ १८ ।

वितेको २४ घण्टामा देशभर थप १ हजार २२८ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यसैगरी बिहीबार उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । आज १३ हजार ४१३ जनाको पीसीआर भएको छ ।

यस्तै बितेको २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ।  बितेको २४ घण्टामा ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

श्रोत-रातोपाती

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend