साझा नेटवर्क
काठमाडौं, भदौ १८
ललितपुरको पुलचोकमा रथ यात्रा सुरु गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ।प्रहरीले भिडभाड नगर्न आग्रह गर्दै उनीहरुलाई रथ यात्रा रोक्न अनुरोध गरेको तर स्थानीयले अटेर गरेपछि झडप भएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेक प्रसाद राईले बताए।

अहिले पनि प्रहरीले सम्झाई बुझाई गर्न खोजिरहेको र स्थानीयले अटेर गरेको एसएसपी राईले बताए।प्रशासनले भिडभाड नगर्न भन्दै निशेधाज्ञा लगाएको छ भने स्थानीय रथयात्रा गर्नका लागि त्यहाँ ठूलो संख्यामा जम्मा भएका छन्।रथ तान्न भेला भएका स्थानीयले प्रहरीको गाडिमा तोडफोड तथा प्रहरीमाथि पनि ढुंगामुडा गरेका प्रहरीले जनाएको छ। अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र रथ भएको स्थल प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले स्थानीयलाई तितरबितर पारेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend