logo
  • सोमबार, असोज १२ २०८३

गुुल्मीमा एकै दिन १२ जनामा कोरोना संक्रमण

संक्रमित समुदायदेखि क्वारेन्टाइनसम्मका


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी भदौ १५ ।
गुल्मीमा कोरोना संक्रमण पुन: सुरु भएको छ । एकै दिन सोमबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इस्माका पाँच जना र चन्द्रकोट गाउँपालिकाका ७ जना गरेर १२ जनाको कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकृत पशुपति आचार्यले जानकारी दिए ।

एक हप्तामा २३ जना कोरोना संक्रमित भएका छन् । सोेमबार इस्मा गाउँपालिकामा ६६ र ३७ बर्षको महिला, १५, १७ र १९ को पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । भने चन्द्रकोटको गाउँपालिकामा २२, २७ र २८ को महिला तथा ३८, ५१, ६१ र ६६ बर्षको पुरुषमा कोरोना संक्रमण देखिएको सूचना अधिकृत आचार्यले जानकारी दिए ।

चन्द्रकोटका सात जना समुदाय स्तरबाट जनप्रतिनिधी र बैकका कर्मचारी हुन् । समुदाय स्तरमा संक्रमण देखिएपछि उनीहरुको कन्ट्रयाक टे«सिङ्गको काम गरेर समुदायका सचेत बनाउने काम भइरहेको चन्द्रकोट गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले जानकारी दिए । इस्माका संक्रमित भने क्वारेन्टाइनमा थिए ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका वडा न ३, ५ र ७ का संक्रमित भएको गाउँपालिकाका सहस्वास्थ्य संयोजक गोकर्ण थापाले जानकारी दिए । सवैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नं ५ मा स्वाब परिक्षण गरिएको थियो । गुल्मीमा अहिलेसम्म संक्रमित चार सय पुगेका छन् । एक हप्ताको अवधीमा मात्र २३ जनामा कोरोना संक्रमणको देखिएको छ ।

दुई दिन अघि मुसिकोट नगरपालिकामा पाँच, सत्यवति गाउँपालिकामा चार, इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा एक/एक जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा विभिन्न स्थानका ८१ पुरुष र १८ महिला गरेर एक सय ८१ जना क्वारेन्टाइनमा रहेका छन् ।

छिमेकी जिल्लासहित गुल्मीमा पुन कोरोना संक्रमणको सुरु भएपछि एक हप्ता निशेषाधाज्ञा गरिएको थियो । निशेषाधाज्ञाको मोडालिटी अहिले परिवर्तन गरिएको छ । नाका प्रवेशमा कडाई गर्ने र पिसिआर रिर्पोटको आधारमा जिल्ला प्रवेश गर्न दिने जिल्ला संकट व्यावस्थापन केन्द्रको भदौ १३ गतेको निर्णयमा उल्लेख गरिएको छ ।

रुरु क्षेत्र गाउँपालिकाको रिडि, रेसुंगा नगरपालिकाको नेटा, मुसिकोट नगरपालिकाको वामी, मदाने गाउँपालिकाको सौतामारे र कालिगण्डकीको पुर्तिघाट र हर्मिचौर नाका व्यावस्थापनमा कडाई गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend