logo
  • सोमबार, असोज १२ २०८३

वडाध्यक्षलाई नेकपाको ज्ञापन पत्र


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गुल्मी, भदौ १४ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटी रेसुंगा नगरपालिका ३ ले वडाध्यक्ष थम्मन बहादुर केसीलाई ज्ञापन पत्र बुझाएको छ । स्थानीय २७ जनाको हस्ताक्षरसहित ९ बुँदे ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा वडाध्यक्ष केसी निर्वाचित भएपछि नियमित वडा कार्यालयमा उपस्थित नभएकाले नियमित उपस्थित भएर जनताको कामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै निर्वाचित भएपछि अहिलेसम्म आफुले गरेका कामको बारेमा सार्वजनिक सुनुवाई नगरेकाले तत्काल गर्नुपर्ने, अरु बिषयमा भन्दा जनप्रतिनिधीको हैसियतले विकास निर्माणमा लाग्न माग गरिएको छ ।

ज्ञापन पत्रमा वडाध्यक्ष जनताको काममा राजनैतिक पक्ष बिपक्ष हेरेर ढिलासुस्ती गरेको, कोभिड १९, भुकम्प र पहिरो पीडितलाई राहत तथा सेवा सुविधा दिँदा समेत पक्षपात गरेको, वडा कार्यालय आफ्नै पार्टी कार्यकर्ताकोमा र स्वास्थ्यचौकी निर्माण गरेर पनि अझै व्यक्तिको घरबाट संचालन गरेर कमिशनको खेल गरेको आरोप लगाइएको छ ।

साथै टायलका छाना भएका घरमा टीनका छाना लगाउने भनेर आवश्वासन दिए पनि त्यो काम तदारुकताका साथ नगरिएको ज्ञापन पत्रमा उल्लेख छ । रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई समेत बोधार्थ बनाइएको ज्ञापन पत्रमा आफुहरुका माग पुरा नभएर चरणवद्ध आन्दोलन गरिने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend