logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको मुसिकोटमा १ स्वास्थ्यकर्मी सहित ५ जनामा कोरोना सक्रंमण पुष्टी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सागर भण्डारी, गुल्मी भदौ १३ ।
गुल्मीको मुसिकोट नगरपालिकामा एक जना स्वास्थ्यकर्मी सहित थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । नगरपालिकाले गत भाद्र ४ गते समुदायस्तरमा कोरोना परिक्षणका लागि स्वाव सकंलन गरि प्रादेशिक प्रयोगशाला रुपन्देही पठाएकोमा १ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

बाँकी १३ जना मध्ये १ जना स्वास्थ्यकर्मी सहित अन्य ४ जनालाई कोरोना सक्रंमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । सक्रंमित मध्ये ४ जना नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका हुन् भने स्वास्थ्यकर्मी भने स्थानीय एक स्वास्थ्य चौकीमा कार्यरत रहेको परिवार नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

सक्रंमित मध्ये वडा नं ४ का १ जना, वडा नं २ का ३ जना र वडा नं ६ का एक जना स्वास्थ्यकर्मीमा सक्रंमण पुष्टी भएको उहाँले बताउनुभयो । वडा नं २ का सक्रंमित १ जना १४ दिन पहिले क्यान्सरको उपचारका लागि चितवन गएर आएको र त्यसपश्चात नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेको बताईएको छ ।

सक्रंमित स्वास्थ्यकर्मी बाहेक अन्य ४ जना एकै परिवारका सदस्य रहेको बताईएको छ । सक्रंमित सबैलाई आईसुलेसनमा राखिएको र उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको तैयारी हुँदै गरेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।

अहिले सक्रंमितको सम्पर्कमा आएकाहरुको खोजी गर्ने कार्य भैरहेको भोलि उनीहरु सबैको स्वाव सकंलन गरि परिक्षणका लागि पठाईने उहाँले बताउनुभयो । यसैबीच नगरपालिकाको आज बसेको बैठकले अर्को सुचना प्रकाशित नहुञ्जेल वडा नं ६ कुर्घा र कुर्घा स्वास्थ्य चौकीलाई सील गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend