logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा कोरोना सक्रंमितको संख्या ३ सय ८२ पुग्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सागर भण्डारी, गुल्मी भदौ १३।
गुल्मीमा हालसम्म कोरोना भाइरस संक्रमतिको संख्या ३ सय ८२ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार आजसम्म जिल्लामा ३ सय २६ पुरुष र ६१ जना महिलामा गरी कोरोना संक्रमितको संख्या ३ सय ८२ पुगेको छ ।

संक्रमितमध्ये ३ सय ६६ जना कोरोनालाई जितेर घर फर्किएका छन् । जसमा ३०७ जना पुरुष र ५९ जना महिला रहेको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभएको छ । कोरोना भाइरस संक्रमणबाट यस जिल्लामा ३ जनाको ज्यान गएको छ ।

अहिले जिल्लामा ९३ जना मात्र क्वारेन्टाइनमा रहेका छन् । पुरुष ७२ जना र महिला २१ जना क्वारेन्टीनमा रहेका सुचना अधिकारी आर्चायले जानकारी दिनुभयो । महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानीयतहमा गरी क्वारेन्टाइनको बेड क्षमता १२ सय ९६ रहेको छ । जिल्लामा अहिले १३ जना आइसोलेशनमा रहेका छन् । आइसोलेशनमा रहेका मध्ये १२ जना पुरुष र १ जना महिला रहेका छन् ।

यस जिल्लामा अहिलेसम्म ८ हजार २ सय १ जनाको आरडीटी परिक्षण गरिएको छ । भने अहिलेम्मि ३२ सय ७५ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन् गरिएको छ । जसमा २ सय ३८ जनाको परिक्षण रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा जिल्ला बाहिरबाट स्वाव सकंलन गरी गरिएको पीसीआर परिक्षणमा सक्रंमित हुनेको संख्या १५ रहेको छ । जसमध्ये मुसिकोट, चन्द्रकोट धुर्कोट र मालिकाका १ १ जना रुरुक्षेत्रका ३ जना मदानेका ३,गुल्मीदरबारका ३, छत्रकोटका २ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend