logo
  • सोमबार, असोज १२ २०८३

मुसिकोटमा समुदायस्तरमा गरिएको कोरोना परिक्षणमा १ सय १२ जनाको रिपोर्ट नेगेटिभ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सागर भण्डारी, गुल्मी भदौ १३ ।
मुसिकोट नगरपालिकामा गत भाद्र ४ गते समुदायस्तरमा कोरोना परिक्षणका लागि १ सय २५ जनाको स्वाव सकंलन गरिएकोमा १ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । मुसिकोट नगरपालिकामा विभिन्न क्षेत्रमा आवद्ध १ सय २५ जनाको पिसिआर परिक्षणको लागि स्वाब सकंलन गरि गरिएको थियो ।

जसमध्ये १०० जना पुरुष र २५ जना महिला रहेका छन । कोभिड १९ समुदायस्तरमा फैलन थालेपछि मुसिकोट नगरपालीकाले समेत बढी जोखिममा रहेर खटिने विभिन्न क्षेत्रका व्याक्तिहरुको प्रतिनिधी मुलक रुपमा पिसिआर परिक्षणको लागि स्वाव सकंलन गरेकोमा १ सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले जानकारी दिनुभयो ।

बाँकी रहेका १३ जनाको रिपोर्ट पनि आज भोलिमै आउने उहाँले बताउनुभयो मुसिकोट नगरपालिकाको समन्वयमा अग्रपंक्तिमा रहेर काम गर्ने व्यबसायी, वित्तिय संस्था, सरकारी कर्मचारी, सञ्चारकर्मी, जनप्रतिनिधी, स्वास्थ्यकर्र्मी, सुरक्षाकर्मी लगाएतको स्वाव सकंलन गरीएको थियो ।

मुसिकोट नगरपालिकाको आफ्नै खर्चमा पिसिआर परिक्षण गरिएको र १ सय १२ जनाको रिपोर्ट नेगेटिभ आउँदा मुसिकोटमा समुदायस्तरमा कोरोना फैलिएको छैन भनेर पूर्व आकंलन गर्न सकिएपनि सबैको रिपोर्ट नआउन्जेल केही भन्न नसकिने नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत नवराज भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend