logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको रेसुङ्गा विमानस्थल एकवर्ष भित्रमा सञ्चालनमा आउने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सागर भण्डारी, गुल्मी भदौ १३ ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका १० मा २०६३ सालबाट निर्माण सुरु भएको थालेमाले बिमानस्थलको काम ४५ प्रतिशत सम्पन्न भएको छ । २०६३ सालबाट सुरु भए पनि विमानस्थलको निर्माण भने २०७२ सालबाट सुरु भएको हो । २०७५ साल जेठ २५ गते कच्चि विमानस्थलमा परिक्षण उडान गरिएको थियो ।

धुले उडान परिक्षण गरिएको २ बर्ष बित्दा सम्म पनि उडानले निरन्तर पाउन सकेको छैन् । विमानस्थल नियमित सञ्चालनको लागि आवस्यक पर्ने टर्मिनल भवन, टावर, तारजालिको काम सुरु भएको र धावनमार्ग कालोपत्रे गर्ने काम ३० प्रतिशत सकिएको छ । भने अहिलेसम्म विमानस्थलको ४५ प्रतिशत काम सम्पन्न भईसकेको र जसका लागि २१ करोड रुपैयाँ खर्च भईसकेको विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताउनुभयो ।

विमानस्थलको धावनमार्ग आउँदो कार्तिकमा पुरा गरिसक्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण लकडाउन र बर्खाको समय र जनशत्ति लगायतको अभावले लक्ष्यअनुसार काम पुरा हुन नसकेको उहाँको भनाई छ । विमानस्थलको ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको र टर्मिनल भवन, टावर, तारजालिको काम सुरु भैराखेको तथा धावनमार्गको ३० प्रतिशत मात्र काम सम्पन्न भएको परियारले बताउनुभयो ।

विभिन्न समस्याका कारण सोँचेअनुसार काम हुन नसकेपनि निर्माण व्यावसायी र सबैले आफनो जिम्मेवारि पुरा गरेको खण्डमा २०७८ साल मंसिर महिनासम्म काम सकिने विमानस्थालका अध्यक्ष मधुकृष्ण पन्तले बताउनुभयो ।

धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने ४६ घरधुरि तथा जग्गाधनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको छ । विमानस्थल ७८ रोपनि १० आना क्षेत्रफलमा फैलिएको छ । विमानस्थल २०६३ सालमा हाल नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालिले शिल्यान्यस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend