logo
  • शनिबार, साउन ९ २०८३

नेपाल विद्यार्थी सङ्घको ११आै महाधिवेशन विवाद मिल्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

Nebisanghकाठमाडौँ, श्रावण ३२ ।
नेपाल विद्यार्थी सङ्घको ११आै महाधिवेशनको प्रतिनिधिका बारेमा भएको विवाद मिलेको छ । फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेविसङ्घका प्रवक्ता युपी लामिछाने बताएका छन ।

नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि रहेको भनी असहमति  जनाएपछी नेविसंघ भित्र चर्को विरोध भएको थियो । लामिछानेका अनुसार विवाद मिलेपछि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । मङ्गलबार गर्ने  भनिएको मतदान बुधबार सारिएको  र उम्मेदवारको मनोनयनको समय पनि थप गरिएको छ ।

उनका अनुसार उम्मेदवारको मनोनयन मंगलबार बिहान ११ बजेसम्म राखिएको थियो  । श्रावण  २३ गते भृकुटीमण्डपमा उद्घाटनपछि महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend