logo
  • सोमबार, असोज १२ २०८३

आजदेखी एक हप्तासम्मका लागी प्यूठान जिल्ला पूर्णरुपमा शिल


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,प्यूठान भदौ ११ ।

जिल्लामा पछिल्लो समय कोभिड– १९ संक्रमण समुदाय स्तरमा बढ्दै गएको भन्दै जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय प्युठानमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को आकस्मिक बैठकले शुक्रबारदेखि भदौ १८ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएको लक्षणसहितका बिरामी बढदै जानु सरकारी कर्मचारी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिन थालेपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार सम्भावित टेकिङ, ट्याकिङ र टेस्टिङलाई अगाडी बढाउनका लागि एक हप्ता निषेधाज्ञा गर्न लागिएको बताए । एक हप्ताको लागि अत्यावश्यक पसल बाहेक सबै बन्द गर्ने निर्णय गरिएको छ । त्यस्तै प्युठान अस्पताल बिजुवारमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालबाट दिइने बहिरंग सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको छ ।

संक्रमीतसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई पहिचान गरि स्वाव संकलन गरेर परिक्षण गर्ने निर्णय भएको प्रजिअ भुसालले बताए । अघिल्लो बैठकले १५ गतेसम्म बन्द गर्ने भनिएको सार्वजनिक तथा नीजि यातायात तीन दिन थप गरी भदौ १८ गतेसम्म बन्द गर्ने निर्णय भएको छ ।

बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल र डेरी बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । तोकिएको समयमा अत्यावश्यक सेवा अन्तर्गतका व्यवसायिले पसल खोल्दा र ग्राहकले अत्यावश्यक सामाग्री खरिद गर्न जादा कम्तिमा स्वास्थ्यको मापदण्ड अनुसार सुरक्षा सावधानी अपनाएर किनबेच गर्नुपर्ने प्रजिअ भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend