साझा नेटवर्क
देउमया राना, बागलुङ्ग भदौ १० ।
गल्कोट नगरपालिका वडा नं. ११ रिघाको आयोजनामा प्रथम चरणको वडास्तरीय बालमैत्री अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ। समग्र गलकोट नगरपालिकालाई नै आगामी चैत्र मसान्तसम्म बालमैत्री नगरपालिका घोषणा गर्ने योजना अन्तर्गत गलकोट नगरपालिका वडा नं. ११ रत्न लक्ष्मी मावि रिघामा पहिलो पटक सो कार्यक्रम आयोजना गरिएको हो ।

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा शर्माले पछिल्लो समय देशभरिनै बालबालिकामा दुव्र्यसनका घटनाहरु बढी रहेको अवस्थामा बालमैत्री कार्यक्रमले दुव्र्यसन न्युनिकरणमा सहयोग पुग्ने बताए ।
विश्वभर कोरोना भाईरसका कारण हरेक कार्यक्रममा कठिनाइ भए पनि आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै र सामाजिक तथा भौतिक दुरि कायम गर्दै कार्यक्रमलाई अगाडि बढाउने र गलकोटका अन्य वडाहरुमा पनि अभिमुखिकरण कार्यक्रम गर्ने नगर प्रमुख शर्माले बताए ।
कार्यक्रममा गल्कोट नगरपालिका उपप्रमुख रेनुका काउचा, जिल्ला समन्वय समिति सदस्य रुपा बिक ,गल्कोट नगरपालिकाका शाखा अधिकृत राजन कडेल, योजना शाखा प्रमुख बाबुराम शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गल्कोट नगरपालिका वडा नं। ११ भित्रका बिधालयका प्रअ, बिव्यस अध्यक्ष, सहजकर्ता, समाजसेवी, स्वास्थ्य स्वयमसेविका, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो।
यसैविच सोहि अबसरमा वडा अध्यक्ष डम्बर बहादुर श्रीसको अध्यक्षतामा १३ सदस्यीय वडास्तरिय बालमैत्री समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा माया सिंजाली, सचिवमा बिनिषा पुन लगायत रहनु भएको छ ।
वडा नं। ११ का वडा अध्यक्ष डम्बर श्रिसको अध्यक्षता, वडा सचिव बिनिषा पुनको सञ्चालन रहेको कार्यक्रमामा प्रशिक्षक तथा गल्कोट नगरपालिकाका शाखा अधिकृत राजन कडेलले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend