logo
  • सोमबार, असोज १२ २०८३

कक्षपती परिवारद्वारा जिल्ला प्रहरी कार्यालय प्यूठानलाई कम्प्यूटर सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,प्यूठान भदौ १० ।

जिल्लाका प्रतिष्ठित व्यापारिक घराना कक्षपती परिवारले प्यूठान प्रहरीलाई दुई सेट कम्प्यूटर सहयोग गरेको छ । कक्षपती आभुषण केन्द्र र न्यू कक्षपती ट्रेडर्स बाग्दुलाको तर्फबाट मंगलबार जिल्ला प्रहरी कार्यालय प्यूठानलाई कम्प्यूटर हस्तान्तरण गरिएको हो ।कम्प्यूटर प्रदान गर्दै न्यू कक्षपती ट्रेडर्सका संचालक केदारमान कक्षपतीले प्रहरीको कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । कक्षपती प्यूठान उद्योग बाणिज्य संघको अध्यक्ष समेत हुनुहुन्छ । सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउन जनशक्तिलाई तालिम प्रदान गर्ने योजना सुनाउँदै प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्कीले मातहतका ईकाईहरुसम्म प्रविधिको अधिकतम प्रयोगमा सहयोग पुग्ने बताउनुभयो ।

कक्षपती परिवारले झिमरुक क्याम्पस बाग्दुलाको भवन निर्माण,स्वर्गद्धारी आश्रममा सभाहल निर्माण,प्यूठान उद्योग बाणिज्य संघमा सभाहल निर्माण लगायतका विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ । प्युठान समाचारबाट साभार,

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend