logo
  • सोमबार, असोज १२ २०८३

जन्मदिनको अवसरमा भिटिएम सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल,गुल्मी भदौ ९ ।

इस्मा गाउँपालिकामा कार्यरत सूचना प्रविधी अधिकृत बाबुलाल थापाले जन्म दिनको अवसरमा भिटिएम सहयोग गरेका छन् ।उनले जन्म दिनको अवसरमा गरिने फजुल खर्च कटौती गरेर गाउँपालिकालाई २० थान कोरोना परिक्षण गर्ने भिटिएम किट उपलब्ध गराएका हुन् । गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख बिमला खत्री र निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतको उपस्थितीमा भिटिएम प्रदान गरेका थिए । उनले अहिले देश कोरोना कहरमा भएकाले सोहि बिषयमा सहयोग गर्ने बिचार गरेर भिटिएम प्रदान गरेको बताए ।

गाउँपालिका प्रमुख बिष्टले जन्मदिन मनोरञ्जन र फजुल खर्च गरेर मनाउनुपर्छ भन्नेहरुका लागि थापाले गरेको समाजसेवा गत्तिलो उदाहरण भएको बताए । जन्म दिनको सानो सहयोगले पनि कोरोना नियन्त्रण तथा रोकथाममा गाउँपालिकालाई नयाँ उर्जा प्राप्त गरेको बताउँदै बिष्टले थापाको सु–स्वास्थ्य एवं दिर्घायुको कामना गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend