logo
  • शुक्रबार, असोज ९ २०८३

इस्मा गाउँपालिका केन्द्र बिवाद


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-सागर अर्याल (अमेरिका टेक्सास) ।
कहाँबाट कसरी सुरु गरौँ आफै अन्योलमा परेको छु । बिगत केहि समय देखि इस्माको केन्द्र बिवादले गर्दा इस्मा तातेको छ । इस्मा भुगोल मात्र नभै इस्माभन्दा बाहिर बस्ने इस्मालीहरु पनि यस बिषयलाई लिएर बिभाजित छन् । सवैका आफ्नै खाले धारणाहरु सामाजिक सन्जालमा छरपस्ट छन् ।

त्यसैले अहिले इस्माको भुगोलभन्दा बाहिर भएपनि जन्मभूमी, इस्मालाई माया गर्ने, इस्माको विकास चाहाने, इस्माली जनताले सेवा सुबिधा सहज रुपमा पाउन भन्ने बिचार राख्ने ब्यक्तिको नाताले मनमा लागेको केही कुरा लेख्दै छु । हामी इस्मालीहरुसंग ऐतिहासिक महत्वसहितको इतिहास छ । इस्मा बाइसे र चौबिसे राज्य मध्येको एक राज्य । इस्माले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त ब्यक्तिहरु जन्माएको छ । जसको माध्यमबाट बिदेशमा पनि हामीले आफुलाई चिनाउन सफल भएका छौ ।

इस्माको हु भन्दा गर्ब महशुस हुने गर्दछ । तर बिगत केहि समय देखिको यो अस्थिरता र अन्योलता अर्थात केन्द्र बिवादले गर्दा नरमाइलो म लगाएत सम्पुर्ण इस्माबासीहरुलाई पक्कै महसुस भएको छ । स्थानिय निर्बाचन मार्फत जनप्रतिनिधिहरु चुनिनु भयो । निर्बाचन भएको ६ महिना भित्र सामान्य बहुमतले केन्द्र निर्धारण गर्नु पर्ने थियो । त्यसमा पनि जनप्रतिनिधिहरु एकमत भएनन् । मानौ त्यो समय अप्रयाप्त भयो ।

६ महिनापछि पनि दुई तिहाई बहुमतले केन्द्र टुङ्याउन सकिन्थ्यो । त्यो पनि गर्न सक्नु भएन । कहिल्यै केन्द्रलाई छलफलको बिषय बनाइएन् । न त जनप्रतिनिधिले चाहे । न भयो न पार्टी कमिटीहरुले प्रसस्त मात्रामा दबाब सृजना गर्यो । निर्बाचित जनप्रतिनिधिहरु इस्माको कुनै बिषयमा बौद्धिक बर्गसग कहिल्यै अन्तरक्रिया र छलफलमा बसेनन् । केन्द्रको बिषयमा छलफल कहिल्यै भएन् ।

सधै गुम्राहमा पारे । जहिल्यै केन्द्र दोबाटा वा चाँपटारी कहा राख्ने भन्ने बिषयमा मात्र छलफल चल्यो । बहुसंख्यक जनतालाई तीन बर्षसम्म उनीहरुको भुगोलको बारेमा बोल्न अवसर समेत दिइएन् । यो बिषयमा खुल्ला छलफल चलाएर हरेक दृष्टिकोणबाट केन्द्र बहुसन्ख्यक इस्मालीको पक्षमा ल्याउन सकिएन् । कुनै ब्यक्तिले स्वतन्त्र बिचार ब्यक्त गर्दा पनि अनेक प्रपञ्च गरिए । यो इस्माका जनप्रतिनिधिहरुको दुरदर्शिताको कमीका कारणले भएको हो ।

समग्र इस्माको बिकास नचाहेर आफ्नो टोलको मात्र बिकास चाहाने सोचको कारण अहिलेको स्थिती सृजना भएको छ । सघिंयताको मर्म भनेको सेवाग्राहीले सर्बसुलभ सेवा लिन सकुन भन्ने हो । पिछडिएको ठाउँको समानान्तर बिकास होस्, पुर्बाधारहरुको बिकास समान होस भन्ने नै हो । यसको लागि केन्द्र निर्धारण गर्दा बहस र छलफल खु्ला रुपमा चल्नु पर्ने हो । तर त्यो इस्मा गाउपालिकामा हुन सकेन ।

इस्माका बुद्धिजिबीहरु, समाजसेबीहरु, इस्मालाई माया गर्ने हरेक ब्यक्ति बाट सल्लाह सुझाब माग गर्न सकिन्थ्यो त्यो पनि गरिएन । स्थानीय नेतृत्वले हिजो र भोली बिर्सेका छन् । पार्टी कमिटीलाई केन्द्रको टुङ्गो लगाउन दिनु इस्माका जनप्रतिनिधीकाृ कायरता र निरिहपन हो । जिम्मेवारी पाएको पार्टी कमिटीले पनि बहुसंख्यक नागरिक देखेन् । खोला, बालुवा, फाँट र सडक मात्र देख्यो । सायद भोली चुनावमा ती बालुवा, फाँट र सडकसंग भोट माग्ने होला ।

अन्य गाउँपालिकाले पुर्बाधार निर्माण गरिसके । तर हाम्रो गाउँपालिका अहिलेसम्म भाडाको घरमा छ । एक आँखाले हेर्दा अब बिवाद गर्नुको कुनै अर्थ छैन । तर अर्को तर्फ केन्द्र पटक–पटक निर्धारण गर्ने बिषय हैन । केन्द्र निर्धारण गर्दा त्यहाँको भुगोल, बस्तु स्थिति, पुर्बाधार निर्माण ,बस्ती बिकास र लाभदायक सेवाग्राहीलाई ध्यान दिनै पर्दछ । अहिले तोकिएको केन्द्र गाउपालिकाको एउटा किनारामा छ ।

जसको कारण अर्को किनाराका मानिस यो केन्द्रबाट कत्तिपनि लाभदायक हुने छैनन । र उनीहरुको माग भुगोललाई आधार मानेर केन्द्रको निर्धारण गरौ भन्ने रहेको छ । भुगोललाई आधार मानेर केन्द्र निर्धारण गर्ने हो भने बिवादको बिषय पक्कै पनि मत्थर हुने छ । सबै सेवाग्राही लाभदायक हुने देखिन्छ । भुगोललाई आधार मान्दा इस्मा गाउँपालिका ३ ठाढुङाको सेरोफेरोमा केन्द्र पर्ने देखिन्छ । ठाढुङा केन्द्र बनाउदा केहि पुर्बाधार निर्माण भैसकेको छन ।

जस्तै स्वास्थ्यचौकी, वार्ड कार्यलय, सभाहल साथै सानो बजारीकरण पनि बसिसकेको छ । ढाडाखोला लिफ्टिङ खानेपानीको कारण पानीको समस्या पनि समाधान भएको छ । जिल्ला स्तरिय मोटोरबाटो ग्राबेल भएको छ । ढल निकासको लागि पनि समस्या देखिदैन । मदन भन्डारी राजमार्ग भन्दा धेरै टाढा पनि पर्दैन् ।

बस्ती वा संरचना खासीचौरका ठुला बारीहरुसम्म पुराउन पनि सकिन्छ । जसका कारण दोहोली, हस्तिचौर, इस्मा रजस्थल र अमरपुर पनि सहमतिमा आउन सहज छ । समस्याको समाधान इस्माको बौद्दिक नेतृत्वले निकाल्नै पर्छ । यसर्थ निशकर्ष के भन्न सकिन्छ भने अहिलेसम्म तोक्न नसकेको केन्द्र तोकेर अगाडि बढ्नु हरेक तवर बाट सकारात्मक देखिन्छ ।

यदि अब पनि केन्द्र अन्यत्र सार्ने हो भने र बहुसन्ख्यक उपभोक्ताको माग सम्बोधन गर्ने हो भने वाड नम्बर ३ को ठाढुङाको सेरोफेरोमा केन्द्र राख्नु पर्दछ । हैन भने अहिलेकै आम्बोटदेखि छिनुवाको बिचको बिकल्प खाजेर भौगोलिक द्धन्द बढाउनु हुँदैन् । साविकलाईनै कायम गरेर सवै भौतिक पुर्वाधारका काम सुरु गर्नुपर्छ । जय इस्मा…

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend