साझा नेटवर्क
काठमाडौँ ( नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि संचारकर्मी, आर्जेरभिजे, नेपालभाषाकि नायिका तथा मोडल, कोरियोग्राफर, सिनेमेटोग्राफर, खेलाडि र सौन्दर्यकर्मलाइ एकै साथ अघि बढाएर पनि समाजमा आफ्नो छुट्टै पहिचान स्थापना गर्न सफल भक्तपुरकी रन्जना सितिखु सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन ।
विगत १३ बर्ष देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि रन्जनाले संचार क्षेत्रको माध्यम बाट जनतालाई सुसुचित गर्दै हजारौं पिडित नेपालीहरु दुस्खको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन। सडकमा छ्ट्पटिरहेका पिडित देखि आश्रममा आश्रित अनाथ होस्, भुकम्पको दर्दानाक अबस्था होस् या कोभिड-१९ को पिडा हरेक समय सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएकी लाखौं जनताको ढुकढुकी बन्न सफल बहुप्रतिभामुखी रन्जना सितिखु भक्तपुरकि शान हुन् भन्दा अतियुक्ति नहोला।
आफ्नो कर्मलाई बिश्वास गर्ने रन्जना पाँच वटा बिद्यालयमा नृत्य प्रशिक्षण गराउदैं आएकी छिन। नृत्य विधामा अब्बल रन्जना थिएटर आर्टिस्ट हुन् भने विभिन्न संचारगृहमा काम गर्दै लामो अनुभब संगालेकी उनले आफ्नो आवाजको माध्यम बाट बिकृति र विसंगति बिरुद्ध लड्दै समेत आएकी छिन। विभिन्न राष्ट्रिय सम्मान बाट सम्मानित भईसकेकी रन्जनाले दर्जनौ रियालिटी सो कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्बाह गर्दै आएकी छिन।
महिला सशक्तीकरण, सम्मान र स्वतन्त्रतालाई प्रबर्धन गर्दै नारि हकहितमा दरिलो आवाज बनेकी ुरन्जना सितिखुु बहुप्रतिभाशाली, भर्सलटाइल व्यक्तित्वको रुपमा परिचित छिन। भबिष्यमा सामाजिक कार्यमानै आफ्नो जिबन व्यतित गर्ने सोच बनाएकी रन्जना निरन्तर समाज परिबर्तनमा प्रयासरत छिन।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend