logo
  • शुक्रबार, असोज ९ २०८३

काँग्रेस नेतृ गिरीद्धारा प्रहरीलाई माक्स र स्यानिटाईजर सहयोग


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,प्यूठान भदौ ३ ।

नेपाली कांग्रेसकी नेतृ निमा गिरी र स्वास्थ्यकर्मी अस्मिता बुढाथोकीले प्यूठान प्रहरीलाई माक्स र स्यानिटाईजर सहयोग गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानमा आउने सेवाग्राही र कार्यस्थलमा खट्ने प्रहरीले प्रयोग गर्ने गरी बुधवार सहयोग हस्तान्तरण गर्नुभएको हो ।प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीलाई सहयोग उपलब्ध गराउँदै नेतृ गिरीले सहयोग प्रयाप्त नभए पनि अहोरात्र खट्ने सुरक्षाकर्मीहरुलाई सम्झना स्वरुप सानो सहयोगमा सहभागी भएको बताउनुभयो । कोरोना भाईरस संक्रमणको महामारीको यस समयमा फ्रन्टलाईनमा खट्ने सवै निकायलाई सवै क्षेत्रले सहयोग गर्नुपर्ने उहाँको धारणा थियो ।

डिएसपी कार्कीले सहयोगको लागि दुवै जनालाई धन्यवाद दिँदै मुख्य सडक क्षेत्रका खट्ने सुरक्षाकर्मीहरुका लागि अझै सुरक्षा सामाग्री अभाव भएको बताउनुभयो । -प्युठान समाचारबाट साभार,

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend