साझा नेटवर्क
जोगिन्द्र मल्ल, प्युठान भदौ २ ।
गौमुखी गाउँपालिका प्युठानको आयोजना तथा युथ मिडिया डेभलपमेन्ट सेन्टरको सहजीकरणमा गौमुखी गाउँपालिका प्युठानको आ.ब. २०७६/०७७ को तेस्रो चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरिको अध्यक्षता सङ्गै भएको कार्यक्रमको तेस्रो चौमासिक प्रतिबेदन प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले प्रस्तुत गर्नु भएको थियो ।

सार्बजनिक सुनुवाइको संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्दै पन्थीले गाउँपालिकाको अनुदानमा१५७६ घर परिवारले आफ्नो घरको छाना जस्तापाताले छाइसकेको १९८ जना सहभागी अट्ने बहुउद्देश्यीय क्रन्कृत शैलीको सुबिधा सम्पन्न सभाहल निर्माण भइ सकेको, वडा भबन, बिधालयका पुर्बधार, कृषि, खानेपानी ४ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको र आगामी बर्षमा थप २ वटा गरिएको गौमुखी गाउँपालिकाको नाममा ३ रोपनी जग्गा प्राप्त गरेको, प्युठान जिल्लाले गौमुखी गाउँपालिकाको ऐतिहासिक धार्मिक पर्यटकिय तिर्थस्थल स्थल गौमुखीको पृष्ठभुमि बाट नेपाल भ्रमण बर्ष २०२० गौमुखी बाट शुभारम्भ गरिएको, संस्थामा ईन्टरनेट जडान, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको तथ्यांक संकलन र मुख्यमन्त्री ग्रामीण बिकास लगाएतका कार्यक्रम भएको जानकारी गराउनु भयो ।
तेसैगरि कोरोना भाइरस महामारीको संक्रमणका कारणले निम्त्याएको समस्या रोकथाम र नियन्त्रणमा परेको असर तेसै गरि गाउँपालिकाले संचालन गर्दै आएको योजना सम्पन्न गर्न चुनौती भएको तथा दिदै आएको सेवा सुबिधामा कठिनाइ परेको जानकारी दिनु भयो ।
सो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले कृषिको रकम रकमान्तर, सरकारि कर्मचारी माग, आर्थिक अनिमियता पार्द्शिता हुनुपर्ने गुनासो राखे।भने स्थानीय तहमा भएका गतिविधिहरुको बारेमा सार्बजनिक सुनुवाइमा सहभागीहरुले सोधेको प्रश्नमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, कर्मचारीहरुले जवाफ दिएका थिए ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष गिरिले गाउँपालिकाको लागि जग्गा प्राप्ति हासिल गरेको, यसबर्ष कोरोनाका कारण रोजगार गुमाएका युवा जन-शक्तिलाई रोजगारी सिर्जना गर्ने, गाउँपालिकामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनाइमा सुझाव दिएकोमा धन्यवाद दिनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend