logo
  • शुक्रबार, असोज ९ २०८३

शिव सुवेदीको शब्दमा दश कलाकारले गाएको गीत “अति भयो अति” (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी भदौ २ ।
सरकारले राम्रो काम गर्न नसकेको प्रति गीत मार्फत खबदारी गरिएको गीत सार्बजनिक भएको छ । लोकप्रिय गीतकार शिव सुबेदीको शब्द र अर्जुन पोखरेलको संगीत संयोजनामा गरिबको ‘अति भयो अति’ सार्वजनिक भएको हो । गरिबको पिडा र सरकारप्रतिको निराशालाई गीतमा मार्फत सार्बजनिक गरिएको गीतकार सुबेदीले बताए । सरकारले जनताको निम्ति गर्न नसकेका कामहरुको बिषयवस्तु माथी खबरदारी गर्दै गीतमा समाबेश शब्दहरु समेटीएका छन् ।

सरकारप्रतिको जनता आशा र सरकारले गर्नुपर्ने कामहरुलाई गीतबाट खबदारी गर्दै गीत सार्बजनिक गरिएको गीतकार सुबेदीले बताए । उनले कुनै पनि दलको टिप्पणी, समर्थन नभइ जनताले सरकारप्रति मारेको निराशालाई गीतमा उल्लेख गरिएको उनको भनाई छ ।

पछिल्लो सय यता लोक गीतक्षेत्र केहि पातलो उपस्थिती जनाएका गीतकार सुबेदी नेपाली गीत लेखन र प्रकाशनमा सक्रिय रहँदै आइरहेका छन् । धेरै कलाकारको सामूहिक आवाजमा सार्वजनिक चासोको विषयमा ‘खै हाम्रो दिलमा त घामै लागेन’ भन्ने गीत पाँच वर्ष पहिले नै प्रकाशित भैसकेको थियो ।

त्यसमा पनि धेरै कलाकारको आवाज समेटिएको थियो । यस पटकको गीत मा पनि दश जना कलाकारहरू सहभागी छन् । पुरुष कलाकार तर्फ कुलेन्द्र बिक, सूर्य खड्का, खेम सेन्चुरी, विक्रम परियार र नरेश खाती रहेका छन् भने महिला कलाकार तर्फ मञ्जु पौडेल,टिका सानु, कमला पोखरेल, सुनिता बुढा र सम्झना भण्डारीको स्वरमा यो गीत रेकर्ड गरिएको छ ।

सरकारको कार्यशैलीबाट निराश भएका जनताको आवाज स्वरूप आफूले यो गीत ल्याएको गीतकार सुबेदीले बताए । उनका दर्जनौँ गीतहरू सुपर हिट छन् । नेपाली गीत सङ्गीत क्षेत्रलाई प्रदान गरेका गीतकार सुबेदी उच्चशिक्षा ‘पिएचडी’ अध्ययनको सिलसिलामा स्विजरल्याण्डमा रहँदै आएका छन् । हालै सार्बजनिक भएको ‘अति भयो अति’ गीतको भिडियो शिब सुबेदीको युट्युब च्यानलबाट सार्वजानिक भएको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend