logo
  • शनिबार, साउन ३० २०८३

सुनिल राजभण्डारीको चलचित्र “लक्ष्य जिन्दगीको” बन्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, भाद्र १ ।

चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ । सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको हो । चलचित्रको सोमबार राजधानीको मैतिदेवी मन्दिर परिषरमा व्यक्तिगत दुरी कायम गर्दै शुभमूहर्त गरिएसँगै चलचित्र बन्ने भएको छ ।

संयम फिल्मस् प्रोडक्सन हाउस प्रा.लि.को प्रस्तुति रहेको चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, प्रदिप गिरी, दिपीका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुस्मिता मुढभरी, अशोक भुजेललगायतका कलाकारको अभिनय रहने छ ।

रामेश राईको निर्देशन रहेने यो चलचित्रमा सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहनुभएको छ । जीवन श्रेष्ठको छायाँकन, रवी केसीको शृङ्गार, रामजी राउतको सहायक निर्देशन रहेने यो चलचित्र कोरोना कहर केही सहज भए पछि छायाँकनमा जाने निर्माता सुनिलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend