साझा नेटवर्क
काठमाण्डौ, साउन ३२ । फुटबल खेलसँग सम्बन्धित वेब सिरिज ‘अफ साइड’ सार्वजनिक भएको छ । फुटबल खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत अभिनय रहेको वेब सिरिजलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् । सिरिजको सम्पादन पनि उनी स्वयंले गरेका हुन् ।

सिरिजमा सुगन तन्डुकार, सरिता भुजेल, सकल रेग्मी, कमल श्रेष्ठ, आशिक थापा मगर, डिकेस खड्गी, जोन जुनियर, सञ्जय थापा तथा बाल कलाकार समिर तन्डुकारको अभिनय रहेको छ । कार्यकारी निर्माता तथा परिकल्पना सुगन तन्डुकार रहेका छन् । सिरिजमा काजी लिम्बुको कथा, सम्राट बस्नेतको द्वन्द निर्देशन, डोलेन्द्र कटुवालको छायांकन रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend