logo
  • सोमबार, असोज १२ २०८३

सिन्धुपाल्चोक : पहिरो प्रभावित क्षेत्रमा थप टोली जाँदै, जोखिममा परेकालाई सुरक्षित ठाउँमा सारिने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौं, साउन ३२,आइतबार– सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा राहत, उद्धार तथा विस्थापितको व्यवस्थापनका लागि थप टोली जाने भएको छ ।
आज गाउँपालिकाका जनप्रतिनिधिसहित थप स्वास्थ्य टोली र स्काभेटर पनि लैजाने तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो । लिदीमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । अस्ति शुक्रबार बिहान गएको पहिरोमा परेका अझै २१ जना हराइरहेका छन् ।

पहिरोमा हराइरहेकाहरुको आज पनि बिहानदेखि खोजी सुरु भएको गाउँपालिकाकाको योजना सल्लाहकार रामबाबु नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि स्काभेटर प्रयोग गरी हराइरहेकाहरुको खोजी थालिने छ।पहिरोमा परि घाइते भएकाहरुको चौतारा र काठमाण्डौको सिभिल अस्पतालमा उपचार भइरहेको छ । पहिरोबाट प्रभावित लिदीका १ सय ७२ घरधुरीमध्ये अति जोखिममा परेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सारिने भएको छ ।

क्षति भएका र जोखिममा रहेका घरको तथ्याङ्क संकलनको काम भैरहेको पनि नेपालले बताउनुभयो । लिदीको बस्ती सुरक्षित ठाउँमा सार्नुपर्ने देखिएको र दीर्घकालीन रूपमा पालिका, प्रदेश सरकार र सङ्घीय सरकारको समन्वयमा जग्गा खोजेर सुरक्षित ठाउँमा सार्ने वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभएको छ ।
(स्रोत:उज्यालो अनलाईन)

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend