logo
  • सोमबार, असोज १२ २०८३

जिल्ला समन्वय समिति बाग्लुङका उपप्रमुख भुसाललाई मातृशोक


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,बाग्लुङ साउन ३१ ।

जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाललाई मातृशोक परेको छ। बडिगाड गाउँपालिका वडा नं. २ निवासी उपप्रमुख भुसालकी ममतामयी माता हिमादेवि भुसालको आज विहान ३ः३० बजे घरमै निधन भएको हो ।दम रोग बाट पिडित भुसालको ८२ वर्षको उमेरमा निधन भएको हो। स्वर्गीय हिमादेवी भुसालका विष्णु प्रसाद भुसाल सहित ३ छोरा र ५ छोरीहरु हुनुहुन्छ। यसै विच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यदल सदस्य समेत रहनु भएका उपप्रमुख भुसाल की ममतामयी माता हिमादेवि भुसालको पार्थीव शरिरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटि सचिवालय सदस्य एवं जिल्ला सचिव ज्ञामनाथ गैरे, प्रदेश कमिटि सदस्यहरु प्रेम खरेल, सुनिल शेरचन र राजिव घिमिरेले पार्टीको झण्डा ओडायर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। स्वर्गीय भुसालको हिन्दु परम्परा अनुसार बडिघाट खोला घाटमा सनिवार नै अन्त्यष्टि गरिएको छ ।

सो अन्त्यष्टि कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, जिल्ला समन्वय समिति बागलुङकी सदस्य रुपा विक, लगाएत दर्जनौं संघ संस्था, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend