साझा नेटवर्क
रमेश गिरि,प्यूठान साउन ३०।
पछिल्लो समयमा काेराेनाले महामारीको रूप लिन लागेकाे भन्दै प्युठान नगरपालिका वडा न . ९ ले भारत तथा तेस्राे मुलुकबाट अाउने व्यक्तिलाई पुन: क्वारेन्टाइनमा राख्ने निर्णय गरेकाे छ ।
अाज प्युठान नगरपालिका वडा न.९ काे वडा कार्यालयकाे अायाेजनामा सर्वदलीय ,सर्वपक्षीय बैठकले निम्नअनुसारका निर्णय गरेकाे छ । बाल विद्या मा वि मजुवा मरन्ठाना र बाल शिक्षा प्रावि गुरीगाँउमा क्वारेन्टाइन बनाउने निर्णय गरेकाे छ । त्यस्तै बैठकले भारत तथा तेस्राे मुलुकबाट अाई हाेम क्वारेन्टाइनमा बसेका वडाबासीहरूकाे पि.सी.अार. परिक्षणलाई तिव्रता दिन अावश्यक पहल गर्ने निर्णय गरेकाे छ । बैठकले वडाभित्र सहजरूपमा अावत-जावत गर्न सकिने र अाफुलाई अावश्यक सरसामानहरू स्थानीय पसलहरूबाट लिन अाग्रह गर्ने , वडा भन्दा बाहिर सकभर नजान वडाबासीलाई अाग्रह गर्ने निर्णय भएकाे छ ।
काेराेनाकाे संक्रमणकाे जाेखिम उच्च रूपमा बढेकाेले याे सालमा हुने धार्मिक गतिविधिहरूमा जमगठ , भेलालाई पुर्ण रूपमा राेक लगाउने निर्णय पनि गरेकाे छ । त्यस्तै बैठकले गाउँगाउँमा चेतना फैलाउन , विद्यार्थीहरूलाई घरमै बसी श्रृजनात्मक काम गर्न, पठनपाठनमा लाग्न , धार्मिक गतिविधिहरू घरमै बसेर गर्ने सल्लाह दिन पायकभेकका अाधारमा गाउँगाउँमा शिक्षकहरू परिचालन गर्ने निर्णय पनि भएकाे छ । लकडाउन खुल्ला गर्ने सरकारकाे निर्णयसँगै प्युठान नगरपालिका वडा न ९ मा क्वारेन्टाइन पनि असार ६ गते पछि हटाईएकाे थियाे । त्यस यता भारत तथा तेस्राे मुलुकबाट अाउने व्यक्तिहरूलाई हाेम क्वारेन्टाइनमा राखिदै अाएकाे थियाे ।
नेपालमा काेराेना संक्रमितकाे संख्या र मृत्यु हुनेकाे संख्यामा अस्वाभाविक रूपमा वृद्धि भएपछि सरकारले एक जिल्लाबाट अर्काे जिल्लामा प्रवेशकाे लागि प्रयाेग हुने सवै खाले पासलाई हटाउने निर्णयसँगै विभिन्न स्थानीय सरकारहरूले अा-अाफ्नाे पालिकामा महामारीकाे अबस्थाबाट जाेगाउन विभिन्न उपायहरू अपनाउदै अाएका छन् । वडा अध्यक्ष नेहरसिंह केसीकाे अध्यक्षता बसेकाे सर्वदलिय, सर्वपक्षीय बैठकले सर्वसहमतिबाट उक्त निर्णय गरिएकाे हाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend